जनकपुरधाम २९ असार: संघिय संस्कृति मन्त्रालयले जनकपुरधामका पत्रकार सुजीतकुमार झालाई एक लाखको अनुसन्धान पुरस्कार प्रदान गरिएको छ । मन्त्रालयद्वारा प्रत्येक वर्ष दिइन सो पुरस्कार महाकवि विद्यापतिको नाउँमा स्थापित मैथिली भाषाको अनुसन्धान पुरस्कार रहेको छ ।

मंगलवार जनपुरधाममा आयोजित एक समारोहबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार झालाई पुरस्कार प्रदान गरेका छन । पत्रकार झा रामजानकी विवाह उत्सवको विषयमा अनुसन्धान गरेका छन । पत्रकार झाको मैथिली भाषामा आठवटा कृति प्रकाशित रहेका छन ।

त्यस्तै सोही अवसरमा दूई लाखको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मैथिली साहित्य परिषद राजविराजलाई, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार पूर्व सांसद वृषेशचन्द्र लाललाई, नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार कवि अमरेन्द्र यादवलाई, ५० हजारको नेपाल विद्यापति मैथिली कला संस्कति पुरस्कार अजितकुमार साहलाई र नेपाल विद्यापति मैथिली कला संस्कति पुरस्कार सुनिताकुमारी साहलाई प्रदान गरिएको छ ।

संस्कृति मन्त्रालयले मैथिली भाषामा दिएने पुरस्कारका लागि एक करोडको अक्षयकोष राखी विद्यापति पुरस्कार कोष बनाएको छ । सो कोषले एकजनालाई दूई लाख, ३ जनालाई १–१ लाख र दूईजनालाई ५०–५० हजारको पुस्कार दिदै आएको छ ।

पुरस्कार वितरण गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ का प्रमुख भाषा मैथिली र भोजपुरी सहितको भाषाको विकासका लागि प्रदेशमा प्रज्ञा प्रतिष्ठान बनाउने घोषणा गरेका छन ।

विद्यापति पुरस्कार कोषका अध्यक्ष रामचन्द्र यादको अध्यक्षतामा भएको सो समारोहमा मधेशी आयोगका अध्यक्ष विजय दत्त, पूर्व सांसद वृषेशचन्द्र लाल, कोषका सचिव नविनकुमार मिश्र, पत्रकार हिमांशु चौधरी लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।