मधेश टप

जनकपुरधाम : महोत्तरीको प्रकौली स्थित व्यारेकमा कार्यरत्त एक नेपाली सेनाका छोराले आफ्नै कनचटमा गोली हानेर आफैले आत्महत्या गरेका छन् ।

बुधबार बिहान करिब ६ बजेको समयमा महोत्तरीको जलेश्वर नगरपालिका ९ स्थित रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत्त सोम बहादुर तामाङका २३ वर्षीय छोरा अमिर तामाङले आफैले बोकेको ५.५ मिनि ईन्सास हतियारले आफ्नै दाँया कन्चटमा गोलि प्रहार गरी आत्महत्या गरेका हुन् ।

स्थायी घर रामेछाप लिखु गाउँपालिका ५ भएका अमिरका बुबा सोमबहादुर सोहि ब्यारेकमा पेरीमिटर पोष्टमा डिउटी रहेका सिपाही हुन् ।

बुबासंगै बस्दै आएका अमिर बुधबार बिहान ५.४५ बजेको समयमा हतियारले दायाँ कनचटमा गोली प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरीको टोलि पुगेर घटनास्थलको अनुसन्धान गरिरहेको जनाएको छ ।