मधेशटप डेस्क, 

 जनकपुरधाम : महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामाकोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।

स्काउट  सोनमा गाउँपालिका सहयोगमा  संयोजक  सुकेश कुमार यादबको अध्यक्षतामा तथा सोनमा गाउँपालिकाका युबाहरुको  सहयोगमा कोभिड- १९  रोकथामको लागि जनचेतनामूलक कार्यक्रम  गरियो । सोनमा गाउँपालिका वडा न देखी सुरु भएर गौशाला रोडमा सम्पन्न गरियो । सोनमा गाउपालिकामा रहेको सोनमा चौक  र गौशालाको  सम्सी  सड्क ,समसी  देखि खैरबनी  जाने बाटो खखना मुश्लिम चौकमा माक्स,सेनिटाइजर, ग्लोब्स लगाइत स्वास्थ्य समाग्री बितरण  गरियो ।