मधेशटप,

जनकपुरधाम : सरकारले साउन १ गतेबाट लामो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी थालेको छ । दुई महिनाभन्दा बढी समयदेखि लामो दूरीमा सवारी नचलेका काराण सर्वसाधरणले समस्या झेलीरहेका कारण लामोदुरीका सवारीसाधन चलाउने तयारी थालिएको हो ।

उपत्यकाभित्र सबै प्रकारका सार्वजनिक सवारीसाधन भने चल्न दिइरहेको भएपनि लामो दूरीको यातायात सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेकाले सञ्चालन गर्न दिनेबारे छलफल भैरहेको बताइएको छ ।

दुई महिनाभन्दा बढी समयदेखि लामो दूरीमा सवारी चलेका छैनन्, जसकारण सर्वसाधारणले दुःख पाइरहेका छन् । सवारीसाधन सञ्चालन, निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा तीनवटै जिल्लाका सीडीओले आज (बुधबार) र भोलि (बिहीबार) छलफल गरी निर्णय लिने र कोरोना संक्रमण जोखिम कायमै रहेकाले तत्काल विद्यालय भने सञ्चालन गर्न नदिने तयारी भई रहेको छ ।