मधेशटप डेस्क,
जनकपुरधाम : बिश्वहिन्दु महासंघकाे मर्यादा र गरिमालाई ख्याल नगरी ब्यक्तिगत अभिष्ट पूरा गर्न बिधर्मीहरुलाई सघाउ पुग्ने गरि महासंघका पदाधिकारीहरुमाथि विभिन्न प्रपञ्चहरु खडागरिएकाेले त्यस्ता कुराहरुबाट सतर्क रहनुहुन महासंघका सम्पूर्ण सदस्यहरुमा अनुरोध गर्दछौं ।

हाम्रा बिरुद्ध तानाबाना बुन्ने र जनमानसमा भ्रम फेैलाउन उद्धत रहेका मिडिया र ब्यक्तिका बारेमा हामीले प्रेस काउन्सिल नेपालमा उजुरी गरि सकेका छाैं ।

महासंघ र पदाधिकारीहरुमाथीकाे मानहानी ,अभद्र ,अशिष्ट गतिविधिद्वारा हाम्रो चरित्र हत्या गरि मानसिक तनाव पैदा गराइ साजिक संजाल दुरुपयोग गरि जथाभावी गर्नेलाई साईबर क्राईममा समेत उजुरी गराइ सकिएको छ ।

हाम्रा बिरुद्ध अनावश्यक रुपमा प्रायाेजित ढंगले श्रृङखलाबद्धरुमा गरिका दुस्प्रचारहरु यस्ता गलत , भ्रामक र अशिष्ट , अभद्र र असामाजिक गतिविधि बिरुद्ध सम्मानित अदालत समक्ष जादैंछाै । यहाँहरु सम्पूर्णकाे सद्भाव का निम्ति आभारी छाै ।।

भवदीय,
अस्मिता भण्डारी
(महासचिव)
विश्व हिन्दु महासंघ (अन्तर्राष्ट्रिय समिति)