महोत्तरी,३१ असार

मधेश टप : महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले भाडा नलिने सर्तमा नगरपालिकाको कार्यालयलाई आफ्नो घर उपलब्ध गराएका छन् ।

नगरपालिका कार्यालयको आफ्नो भवन निर्माण नहुञ्जेलसम्मका लागि निःशुल्क रुपमा मेयर साहले आफ्नो घर उपलब्ध गारएका हुन् ।

भंगहा नगरपालिका ५ सीतापुर बजारदेखि करिब तीनसय मिटर पश्चिममा मेयर साहले निर्माण गरेको घर नगरपालिका कार्यालयलाई उपलब्ध गारएका हुन् ।

नगरपालिका कार्यालयको आफ्नो भवन नभएका कारण स्थापनाकालदेखि मासिक झण्डै ६० हजार रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको थियो । जस अनुसार वार्षिक ७ लाख २० हजार रुपैयाँ घरधनीलाई भाडाबापत बुझाउनु परेको थियो ।

तर एकमहिनादेखि मेयर साहकै घरमा नगरपालिकाको कार्यालय सारिएको जनाएको छ । मेयर साहले बुधबार समाजिक संजालमा आफुले भाडा नलिने सर्तमा नगरपालिका कार्यालय संचालन गर्न आफ्नो घर उपलब्ध गराएको जानकारी दिएका छन् ।