मधेश टप

रौतहट २ साउन: जिल्ला प्रशासन कार्यालय रौतहटले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

रौतहटका सिडियो इन्द्रदेव यादवले शनिवार एक सूचना जारी गर्दै  बागमती, लालबकैया नदीका साथै जिल्लास्थित सा–साना खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेका हुन् ।

लगातारको बर्षाले जिल्लाको पूर्वी किनारमा बागमती र पश्चिममा लालबकैया नदीमा पानीको सतह बढ्ने मौसमविद्ले बताएकाले तटीय क्षेत्रका बासिन्दालाई सिडियो यादवले सतर्क रहन आग्रह गरेका हुन् ।

मुसलधारे बर्षाको कारण  बागमती ,लालबकैया नदि तथा चाँदी लगायतका खोला तथा नदीमा पानीको सतह बढ्दै गएको छ ।

जिल्लाका नदीहरुमा पानीको सतह बढेपछि जिल्लाको दक्षिणी भेगका गाँउहरु डुबानमा पर्ने गर्दछ । बागमती र लालाबकैया नदीमा आउने बाढीको पानी भारतिय बाँधको  कारण तत्काल निकास हुन नसक्दा  जिल्ला सदरमुकाम गौर,ईशनाथ, लगायतका क्षेत्र  डुबानमा पर्दै आएको छ ।