काठमाडौं : पोखराकी ९ बर्षिया प्रेन्सा रेग्मीले गृहमन्त्री बालकृष्ण खाँडलाई बलात्कारसम्बन्धि कडा कानुन ल्याउनु पर्ने माग गरेकी छिन् । शनिबार गृह मन्त्रालयमै पुगेर मन्त्री खाँडलाई भटेर दिनप्रतिदिन बलात्कार न्यूनीकरणका लागि कडा कानुन हुनु पर्ने माग राखेकी हुन् ।

कानुन कमजोरका कारण दिनप्रतिदिन बालिका बलात्कारका घट्ना बढ्दै गएकोले बलात्कार घटना न्यूनीकरणका लागि कडा कानुनको आवश्यक रहेको बताइन् । बालबालिकाकालाई यौनहिंसा र कानुनको बारेमा चेतनामूलक शिक्षा दिनु पर्ने पनि बताइन् । ९ बर्षिया  प्रेन्साको माग सकारात्मक रहेको भन्दै गृहमन्त्री खाँडले कार्यान्वयनका लागि गृह सचिव र प्रहरी प्रमुखलाई छलफल गरेर कार्यान्वयन गर्ने निर्देशन दिएको कान्छी समाजसेवी रेग्मीले जानकारी दिईन । भोलि दिउसो गृह सचिव र नेपाल प्रहरी प्रमुखसङ्ग प्रेन्साले बालिका बलात्कार र सकारात्मक शिक्षा बारे छलफलको कार्यक्रम रहेको छ ।

कान्छी अभियन्ता प्रेन्सालाई नेपाल सरकारले गत सोमबार सिर्जनशील बाल प्रतिभा प्रोत्साहन पुरस्कार-२०७७ बाट सम्मानित गरेको थियो ।

सकारात्मक सन्देश/ सामाजिक कार्यमा प्रतिभा देखाएको भन्दै काठमाडौमा महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्मानित गरेको छ । नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरेको थियो ।

कान्छी समाजसेवी रेग्मी बालबालिका प्रोत्साहन गर्न साहित्य क्षेत्र र विभिन्न कार्यक्रम गर्दै आएकी थिईन ।

पहिलो चरणको कोरोना भाइरसको महामारीमा सरकारले गरेको लकडाउनले दैनिक मजदुरी र साँझ बिहान हातमुख जोड्न धौधौ परेकालाई नि:शुल्क फुड बैंक संचालन गरेकी थिईन । कान्छी समाजसेवी रेग्मीले फुड बैंक,क्लोथ बैंक,बुक बैंक अभियान चलाएकी थिइन् । बुक बैंक अभियानलाई भने निरन्तरता दिई रहेकी छन् ।

यस्तै दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञाका कारण दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गइरहेका बेला पोखराकी ९ बर्षिया कान्छी समाजसेवी प्रेन्सा रेग्मीले रोटि बैंक संचालन गरेकी थिईन ।