काठमाडौँ । सर्वोच्च अदालतले दोस्रो पटक पुनःस्थापना गरेको प्रतिनिधिसभाको पहिलो बैठक स्थगन गरिएको छ ।

पहिलो बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट भएका निर्णयहरु सुनाउनुभएको थियो । त्यस्तै संसद बैठक नभएको समयमा जारी भएका अध्यादेश प्रस्तुत तथा पूर्व तथा बहालवाला सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सकिएको र अर्को बैठक १५ मिनेटपछि बस्ने सूचना पढेर सुनाउनुभयो ।

प्रतिनिधिसभाको आइतबार साँझ नै बस्ने अर्को बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो विश्वासको परीक्षण गर्ने कार्यक्रम छ।