जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय गरेको बताए ।

प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए । पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको थियो ।

संसद भवनमै भएको छलफलमा देउवाले ठाकुरसँग मधेस आन्दोलनका माग पूरा गर्न तयार रहेको बताएपछि ठाकुर पक्ष विश्वासको मत दिन तयार भएको झाको भनाई छ । यसबारे निर्णय लिन ठाकुर पक्षका सांसदहरु छलफलमा छन् ।