जनकपुरधाम । प्रदेश २ का भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साहले बुधबार  पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकरिदको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

 

इद-ऊल अजहा (बकरिद)को अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दे कृषि मन्त्रि  साहले प्रदेश २ का साथै मुलुकमा भाइचारा र सुख शान्तिमा अभिवृद्धि होस् भनी कामना गरेको उल्लेख गरिएको छ।

 

कोरोना महामारीले विश्वलाई अक्रान्त बनाएको अवस्थामा हुन गइरहेको यो पर्वले विश्वलाई कोरोनाबाट मुक्ति दिलाओस् भनी उनले कामनासमेत गरेका छन्।

वर्तमान महामारीको अवस्था र सरकारले ठाउँठाउँमा गरेको लकडाउनलाई पूर्ण पालना गर्नुपर्ने विषयमा जोड दिँदै कृषि व्यवस्था तथा कृषि सहकारी मन्त्रि साहले इस्लाम धर्मावलम्बीलाई भीडभाड नगरी आ-आफ्नै घरमा पर्व मनाउन र कोरोनाको अन्त्यका लागि प्रार्थना गर्नसमेत आग्रह गरेका छन्।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको रूपमा मनाउने यो पर्व बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाईन्छ ।