लहान : सिरहा जिल्लाको नवराजपुर गाँउपालिका वडा नम्बर -४ प्रहरी चौकी अगाडिमा ॐ शान्ति भवन निर्माणको काम सम्पन्न भएको जानकारी प्राप्त छ।

समाजमा शान्ति र सु-व्यवस्था कायम गर्न अति नै महत्वपूर्ण भूमिका रहेको ओम शांति सदस्यहरू बताउँछन् । भौतिक
पूर्वाधारहरुको अभावलाई महशुस गर्दै जनता समाजवादी पार्टीका योग्य कर्मठ र इमानदार नेता शिव उदगर यादवको सक्रियतामा भवन निर्माण समिति गठन गरी विभिन्न सहयोगी हातहरुको माध्यमबाट सहयोग जुटाई उक्त ॐ शांति भवन निर्माण कार्य सम्पन्न भएको हो ।

सामाजमा विकासको (लहर) गतिलाई अगाडि बढाउनका लागि एक ढिक्का हुनुपर्ने देखिन्छ । राम्रो कामकाज जहिले नै प्रशंसनीय हुन्छ , तसर्थ राम्रो कामलाई स्वागतयोग्य बनाउने नेता शिवउदगार यादवले दाबी गरेका हुन।

 

नेता यादवले आफ्नो समाजलाई प्रगतिको दिशातिर लग्नका निम्ति रातदिन एक गरेर एकमाथि एक नमुना काम गर्दै आइरहेको छ ।

उहाँका अनुसार हाम्रो लक्ष्य ” समाजलाई राम्रो बाटोमा लग्नको लागि हामीले दिनरात प्रयास गर्दछौं ।”

हाम्रो गाउँपालिकालाई छुट्टै र एक आदर्श गाँउपालिका बनाउने लक्ष्य र उदेशको साथ हामीले काम गर्दछौं । काम गर्नमा साथ दिनुभएको सम्पूर्ण साथीलाई उहाँले धन्यवाद समेत दिनु भएको हो ।

ॐ शांति भवन निर्माणको काममा सम्पूर्ण उपभोक्ता समितिमा खटिएका सम्पूर्णलाई धन्यवाद दिइएको साथै जनताको प्रतिक्रियाहरुलाई सधैं नै आत्मसात गरी अघि बढने नेता शिवउदगार यादवले बताए ।