मधेशटप,

सिरहा । सिरहा नगरपालिकाले गएको आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार तराई मधेश सम्वृद्धि अभियान अन्तर्गत जानकी टेक्निकल ट्रेनिंग  सेन्टरलाई वडा नं.१४ लाई लक्षित गरेर युवाहरुको सीप विकासका लागि हाउस वाइरिङ्ग तालिम संचालन गर्न दियो ।

श्रोतका अनुसार गएको असारको पहिलो हप्तामा तालिम संचालन गर्न नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवले कार्यादेश दिए बमोजिम सोही महिनाको दोश्रो हप्ताको अन्तिमतिर तालिम सुरु भयो । तालिमको उद्घाटन गर्न निमित्त प्रमुख प्रशासकिय अधिकृत आफै पुगेको थियो ।

सम्झौता रकम ३ लाख ५० हजार रहेको हो । सिप विकासको तालिममा सहभागी हुन पाउदा त्यहाँका युवाहरु उत्साहित भएको थिए तर उनीहरुको उत्साह धेरै दिन टिक्न सकेन् । ‘सीप विकास भन्दा आयोजित संस्था र कर्मचारीको ‘गोजी’ विकासको व्यवहार प्रदर्शित भयो,’नाम गोप्य राख्ने शर्तमा एक सहभाीले भने,‘उद्घाटनको भोली पल्टै सबै सहभागीहरुलाई झुक्याएर तालिम अवधिभरको हस्ताक्षर गरायो ।

तालिम दूई दिन चल्छ भने तीन दिन बन्दै रहन्छ ।’ तालिम संचालन स्थलमा व्यवस्थापकिय पक्षको त्रुटि नै त्रुटि रहेको अर्का सहभागी युवाले दुखेसो पोख्दै भने,‘तालिम सामग्रीको कुरा परै जाओस पानीको पनि व्यवस्था छैन् ।’

हाउस वाइरिङ्ग तालिममा विद्युतीय लाईनको अनिवार्य आवश्यकता पर्छ तर तालिम संचालन स्थलमा लाईन नभएको उनले गुनासो गरे । तालिम संचालनको विस्तृत प्रक्रिया, खर्च विवरण र कागजी प्रक्रियाबारे सोधखोज गर्दा आफुहरुलाई छल्न आयोजक संस्थाले ‘तपाईहरुले यस्ता कागजहरु खोज्ने अधिकार छैन्’ भन्दै समय टार्दै आएको अर्को सहभागीहरु युवाले बताए ।

‘प्रशिक्षकको इच्छा अनुसार तालिम सत्र संचालन र बन्द हुन्छ,’उनले भने,‘तालिम सत्र बन्द सुरु गर्ने कुनै निश्चय हुँदैन् । यस्ता मनोपोली रुपले तालिम संचालन गरिदा युवाहरुको सीप विकास हैन मनोवल कमजोर हुँदै गएको छ । अनुगमन गर्ने निकाय मौन भई बस्ने वाहेक केही नगरेको देखियो ।’ मिथिलारत्न वाट