मधेशटप समाचारदाता,

पर्सा : बिरगंज माहानगरपालिका द्वरा निर्माण हुन लागेको रक्त संचार केन्द्र (Blood bank)को शिलान्यास आज आदरणीय नगर प्रमुख बिजय कुमार सरावगी ले एक कार्यक्रम को बिच शिलान्यास गर्नु भएको छ।

सो शिलान्यास कार्यक्रममा मा बिरगंज महानगरपालिका का नगर उप प्रमुख शान्ति कार्की को सहभागी ता रहेको थियो साथै अन्य बयत्कि हरुको उपस्थिति रहेको थियो।

हाल निर्माण हुन लागेको रक्त संचार केन्द्र को लागि बिरगंज माहानगरपालिका ले बिरगंज बजार मै जग्गा र भवन निर्माण को लागि रु.२५०००००/-पचिस लाख रुपैयाँ उपलब्ध गराएको छ।साथै बिरगंज माहानगरपालिका ले महानगर भित्र का गरिब असहाय ब्यक्तिहरु लाइ निशुल्क रक्त पनि उपलब्ध गराउदै आएको छ।

अब निर्माण हुन लागेको रक्त संचार केन्द्र मा रक्त भन्डारण को लागि बिरगंज माहानगर ले नै गुणस्तरीय फ्रिज पनि उपलब्ध गराउने भएको छ।