काठमाडौँं : विश्व बजारका लागि टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टिभीएस मोटर कम्पनीले बिएसभिआई टिभीएस एनटर्क १२५ बजारमा ल्याएको छ ।

कम्पनीले विएसभि एफआर्य प्लेटफर्मको दुई संस्करणसहितको रेस ट्युन्ड फ्युल ईन्जेक्शन र इकोथ्रुस्ट फ्युल इन्जेक्सन नेपाली बजारमा ल्याएको हो ।

आरटिएफआई टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिंग सर्तहरूमा एक रमाइलो रेसिंग अनुभवहरुको सुनिश्चित गर्नका लागि डिजाइन गरिएको हो ।

टिभीएस एनटर्क नेपालकै सर्बाधिक बिक्रि हुने १२५ सिसि प्रिमियम स्कुटरको रूपमा स्थापित भएको छ ।टिभीएस एनटर्क १२५ स्कुटर उद्योगको कनेक्टिविटी, उर्जा, र शैलीको नयाँ युगमा शुरू भयो । विएसभिआई एडिसनले राम्रो प्रदर्शन र एक स्मुथ सवारी अनुभवको साथ यसलाई पुनः परिभाषित गर्नेछ । नयाँ एडिसनले स्कूटरको लागि ५.८.लिटरको फ्युल ट्यांक प्रदान गर्दछ ।

अन्तर्राष्ट्रिय बिजिनेश, टिभीएस मोटर कम्पनीका अध्यक्ष आर दिलीपले भने, “टिभिएस एनटर्क १२५ ले जेनेरेशन जेडको लागि रोचक, शक्तिशाली, जोडिएको अनुभव सिर्जना गरेर नेपालमा स्कूटर उपभोक्ताहरूको अपेक्षालाई नयाँ परिभाषा दिएको छ । यो नेपालमा सबैभन्दा धेरै मन पराइएको र स्वीकृत स्कूटर ब्रान्डको रूपमा चिनिएको छ ।”

भिएसभिआईमा ट्रानजिसनको साथमा आफूहरुले दुई एफआई टेक्नोलोजी प्लेटफार्महरू परिचय गराउने अवसर लिएको उनले बताए ।
उनले अगाडि भने “टिभिएस एनटर्क १२५ एक मात्र यस्तो स्कूटर हो जुन आरटिएफआई प्लेटफर्मको साथ सुसज्जित रहेको छ । उत्कृष्ट प्रदर्शन र राम्रो वास्तविक थ्रोटलको पनि यसमा उपलब्ध छ ।”

सो अवसरमा जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने,“आज टिभिएस एनटर्क १२५ बिएसभिआईलाई नेपालमा ल्याउन पाउँदा हामी निकै खुसी छौं । स्मार्ट स्कूटर आरटि–एफआई एक बेस्ट–इन–क्लासको साथ डिजाइनसहित टिभिएस एनटर्क १२५को अनुभवमा निर्माण गरिएको छ ।”

टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो र यो उद्योगको पहिलो प्रविधि, अतुलनीय शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ ।

स्कूटरले टिभिएस रेसिंग पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको दावी छ । स्मार्टकनेक्टसहितको सुविधा भएको यसमा एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी र अनन्य टिभिएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गर्ने बताइएको छ ।

यस स्कुटरले स्मार्ट कनेक्टलेफुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेशन एसिस्ट, टप स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्ट्रेन्थडिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट र स्पोर्ट लगायतका मल्टि राइड स्टाटिस्टिक मोड जस्ता सुविधाहरूलाई समेटेको कम्पनीको दावी छ ।

यस लन्चको साथ, टिभिएस एनटर्क १२५पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ ।

यो म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा आउँदछ । रेस एडिसन विएसभिआई–एफआई सहित) रेड–ब्ल्याक र यल्लो–ब्ल्याक रंगमा उपलब्ध छ, जबकि सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु,इन्भिन्सिबल रेडे र स्तिल्थ ब्ल्याक रंगमा –उपलब्ध छ ।