जनकपुरधाम । तत्कालिन केपी शर्मा ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको पद धरापमा परेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो चरणमा तीनजना प्रदेश प्रमुख हटाउने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रदेश प्रदेश २ प्रमुख राजेश झा अहिराज, लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी छ ।

स्रोतका अनुसार उनीहरुलाई आजभोलि मै हटाउने तयारी भइरहेको छ ।

ओली सरकारले प्रदेश २ मा तत्कालीन प्रमुख तिलक परियारलाई हटाएर डा. राजेश अहिराज, गण्डकीमा अमिक शेरचनलाई हटाएर सीता पौडेललाई र लुम्बिनीमा कांग्रेसबाट नियुक्त उमाकान्त झालाई हटाएर धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाइएको थियो ।

पाँचदलीय गठबन्धनको भागबण्डको आधारमा प्रदेश प्रमुख फेर्ने तयारी रहेको श्रोतले जनाएको छ ।