काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् ।
मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गर्दै सफाइ दिएकाे हाे ।

यसअघि जबर्जस्ती करणी मुद्दामा पूर्वसभामुख महरालाई काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो ।

पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका कारण महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो ।