रौतहट । अशिक्षाको कारण प्रदेश २ मा अपराधको घटना बढेकाे प्रहरी नायव महानिरीक्षक डी आइ जी उमेश रंजितकार रंजितकारले बताउनु भएको छ ।

नेपाल प्रहरीका प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रंजितकारले प्रदेश २ मा अपराधिक घटनामा वृद्धि भएको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरमा स्थानीय तहको आर्थिक सहयोगमा निर्मित हावा घर प्रतिक्षालयको उदघाटन गर्न रौतहट आउनु भएका डी आइ जी रंजितकारले लागु औषधको ओसार पोसार , सामाजिक विकृतिका रुपमा रहेका महिला हिँसा , घरेलु हिंसा , बलात्कार र केहि जघन्य अपराधका घटनामा विगतको तुलनामा प्रदेश २ मा बढी देखिएको बताए ।

प्रतिक्षालय उदघाटन पछि आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सम्वोधन गर्दै डी आइ जी रंजितकारले अशिक्षाको कारण घरेलु हिँसाको घटनामा बढोतरी भएकोले शिक्षाको स्तर उकास्नु पर्नेमा जोड दिए ।

खुल्ला सिमाना भएको कारण लागु औषधको ओसार पोसारमा प्रदेश २ बाटोको रुपमा प्रयोग भएको बताउदै अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले शुन्य सहनशीलता अपनाउदै अघि बढ्ने बताए ।

प्रदेश प्रमुख भएर आएको १ महिना नपुग्दै सानो हात हतियार नियन्त्रण गर्न सफल भएको जनाए । हत्या , बलात्कारको घटनामा प्रहरी गम्भीर भएर र सफल अनुसन्धान गरि दोषीलाइ कानुनी दयारामा ल्याउने प्रतिवध्ता जनाए ।

प्रहरीलाइ समाजमा लुकेका केहि अपराध हरुको बारेमा खोजि गर्न निर्देशन दिइएको बताउदै कुनै पनि घटना भए प्रहरीलाइ जानकारी गराउन आग्रह गरे ।

साथै प्र.ना.म.नि.रंजितकारले जिल्ला प्रहरी कार्यालय राैतहटकाे कार्यालय भवन, व्यारेक, मेश, शाखाहरु, निरीक्षण, अनुगमन गरी समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहहरुको सहयोग एवं प्रहरी श्रमदानबाट यस कार्यालय परिसर भित्र निमार्ण भएको हावा घर (प्रतिक्षालय) को समुदघाटन गर्नु भएको छ ।