काठमाडौं । शुक्रबार ७ बजे साँझ चक्रपथ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा आधा घन्टा जाम भयो । एक जना रक्सीले लठ्ठ पुरुष ट्राफिक प्रहरीलाई ‘तँ को हो मलाई चिनेको छस् ?’ भन्दै धाक दिन्छन् । ट्राफिक प्रहरीले ‘हिँड्’ भनेर घिर्सान खोज्दा उनी ‘जान्न, जान्न’ भनेर प्रहरीलाई उल्टै थर्काउछन् ।

रक्सीले मातेका ती पुरुष थिए, पूर्वयुवराज पारस शाह । रक्सी खाएर चोकमा प्रहरीमाथि अभद्र व्यवहार गरेका उनी हेलमेट नलागाई बाई बत्ताइरहेको अवस्थामा शुक्रबार साँझ नारायणगोपाल चोकमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

भिडियोमा हेर्दा उनले प्रहरीले धम्क्याएका छन् । जाम भएपछि घेरिएको भीडमा पारस र प्रहरी छन् । मातेर होसविना बोल्ने पारसलाई प्रहरीले चौँकी लैजान बोलाउन भ्यान मगाउँछन् ।

पारस भने मेरो बाइक खैँ भन्दै बाइकको सोधपुछ गर्छन् । यत्तिकै केही युवकहरु देखिन्छन् । जो पारसका समर्थक जस्ता देखिन्छन् भिडियो हेर्दा । त्यसपछि उनीहरुकै सक्रियतामा पारस बाइकमा चढ्छन् ।

पारस बाइकमा चढेपछि युवाहरु ‘सेल्फी दाई’ भन्दै समर्थकले सेल्फी खिचेको भिडियोमा देखिन्छ । प्रहरी भने उक्त दृश्यलाई केही गर्न सक्दैनन् । न भ्यान आउँछ, पारस समर्थकसँगै सेल्फी खिचेर हुँइकिन्छन् । पारसकै ठाउँमा अरु सामान्य मानिस भइदिएको भए उनीमाथि कडा कारबाही हुन्थ्यो ।

सञ्चारकर्मी गणेश बुढाको फेसबुकबाट भिडियो लिइएको हो।