काठमाडौँ : नेकपा एमाले माधव नेपाल समुहको अखिल फोर्सले राजधानीमा आज शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो ।

 

मोटरसाइकल र्‍यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुले संवोधन गरेका थिए ।
र्यालीपछि कार्की ब्यांक्वेटमा भएको सभालाई संवोधन गर्दै नेता नेपालले आफू मैदान छाडेर भाग्ने योद्धा नभएको उद्घोष गर्दै आफू विचारमा अडिग भएको पनि बताए ।

उनले ओलीले फेरी जालझेल गरेर प्रधानमन्त्री हुने सोच बनाएको भए त्यो त्याग्न पनि सुझाव दिए ।
गलत कुराको विरुद्ध शतिसाल झै उभिन नेपालले अखिलका कार्यकर्तालाई अपील गरे ।

उनले देउवालाई संसद र संविधान जोगाउन विस्वासको मत दिएको भन्दै राम्रो काम गर्न सुझाव दिए । साथै महाकालीमा एसएसबीले तुईन काटेर नेपाली युवा नदीमा खसेर बेपत्ता भएको घटनाप्रति दुखः व्यक्त गर्दै सत्य तथ्य छानविनका लागि नेपालले अपील पनि गरेका छन् ।