एजेन्सी । एमजन कम्पनीले युरोपेली सङ्घ ईयूको डेटा सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ ।

उक्त जरिवाना लक्जेम्बर्गको डेटा सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो।
बीबीसीका अनुसार उक्त निकायले सो विशाल प्रविधि कम्पनीले ईयूको कानुनसँग मेल नखानेगरी व्यक्तिगत डेटाहरू प्रशोधन गरेको दाबी गरेको छ।

एमजनले उक्त जरिवाना ुतथ्यमा आधारित नरहेको जनाएको छ । उक्त कम्पनीका एक प्रवक्ताले डेटाको कुनै दुरुपयोग नभएको बीबीसीसँग बताएका छन्।

लक्जेम्बर्गको डेटा सुरक्षा निकायले १६ जुलाईमा त्यस्तो जरिवाना तिर्नुपर्ने सूचना जारी गरेको छ ।