काठमाडौं : नेपाली विद्यार्थीले बनाएको छोटो दुरीको सुपरसोनिक रकेटको परीक्षण सफल भएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको सो रकेटको बिहीबार नेपाली सेनाको फायरिङ स्टेसनमा परीक्षण सफल परिक्षण गरिएको हो ।

ध्वनीको भन्दा तिब्र गतिलाई सुपरसोनिक गति भनिन्छ । उक्त रकेट सोही गतिमा उड्ने हो ।

रकेट २ दशमलव १ किलोमिटर माथिसम्म पुगेको थियो । पाँचौं पटकको प्रयासमा रकेटको सफल परीक्षण गरिएको रकेट निर्माण टोलीका एक इन्जिनियरले बताएका छन् ।

सुपरसोनिक यो रकेट प्रक्षेपणको क्रममा ८७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो । उचाइमा पुगेको रकेट प्यारास्युटको मद्दतमा झारिएको थियो ।

६ दशमलव १ फिट लम्बाइ रहेको रकेटको तौल ९ किलो छ । रकेटमा पोटासियम नाइट्रेट र टेबल सुगर सोलिड इन्धनको रुपमा प्रयोग गरिएको छ ।