राजविराज : बिन्दी रामको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एमाले )को सुरुङ्गा नगरपालिका स्तरीय नगर कमिटी गठन सप्पन्न भएको छ।

नगरपालिका अन्तर्गतको कुशहा बजारमा आज शनिबारको दिन बिन्दी रामको अध्यक्षतामा बसेको बैठकले ५५ सदस्यीय नगर कमिटी गठन गरेको जिल्ला कमिटी सचीव देवनाथ यादवले बताउनु भएको हो।

राष्ट्रिय प्रतिनिधि परिषद सदस्य अब्दुल मजिद साकिरको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रमको विशिष्ट अतिथि देव नारायण चौधरी र पुर्व संविधानसभा सदस्य ताराकन्त चौधरी लगायत स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।