सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट  आज साँझ चोरी भएको हो  ।

साँझ करिब सवाँ ७ बजेतिर चाँदीको मुकुट चोरी भएको ईलाका प्रहरी कार्यालय सखडाका सई राम पुकार महतोले बताए । साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाईमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको उनले बताए ।

मुकुटको खोजी तीव्र गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए  ।