मधेशटप डेस्क,

जनकपुरधाम  । किसानलाई दूध उत्पादनमा औजारीकरण र व्यवसायीकरण गर्न दूध दुहुने मेसिन (मिल्किंग मेसिन)  वितरण गरिएको छ ।

बागमती नगरपालिका वडा न.३ सर्लाही, सहित बारा जिल्लाका निजगढ नगरपालिका वडा न.६ लाई  यहाँका  जना दुग्ध उत्पादक सहकारी संस्था लि. लाई  उक्त औजार वितरण गरेको हो ।

सर्लाही र बाराका ब्यवसायीक पशुपालक किसानहरुलाई प्रदेश सरकारले ५०% को अनुदानमा दुग्ध दुहने मेसिन उपलब्ध भयो ।

किसानहरुलाई वितरण गरिएको दूध दुहुने मेसिनले किसानलाई धेरै सहजता दिलाउने बारा जिल्लाका भेटनरीका प्रमुख शंकर साहले  बताए ।

किसानका सबै माग र आवश्यकतालाई आफूहरुले नीति तथा कार्यक्रममा पारेर पारित गरेर लैजाने उनको भनाइ छ । कृषिको विकासबाट पनि नै कृषि ब्यवसायी फर्मले  विकास र समृद्धिलाई  हासिल गर्न मदत पुग्ने भन्दै उनले आफूहरु किसान र ब्यवसायी फर्मलाई  सहकार्य र हातेमालो गर्दै अघि बढ्ने बताए ।

प्रदेश न.२ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साहले भने ‘कृषिमा आधुनीकिकरण, औजारीकरण र व्यवसायीकरण गरी किसानलाई दूध उत्पादनमा आकर्षित गराउने उद्देश्य सहित औजार वितरण गरिएको बताए’ ।

कृषिमा  व्यवसायीकरण गर्न मन्त्रि साहले  लागिहरेको भन्दै  उत्पादन लागत घटाउँदै किसानलाई कृषिमा आत्मनिर्भर बनाउनु प्रदेश न. २ को  योजना रहेको बताए  ।

कृषि कर्ममा लाग्ने किसानलाई व्यवसायीकरण गर्न कार्यविधि बनाएर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको  साहको भनाइ छ । पहुँचको भरमा अनुदान खाने तर वास्तविक ब्लेयवसायीकले  नपाउने अवस्था सृजना हुन नदिन कार्यविधिले महत्वपुर्ण भुमिका खेल्ने उनले बताए  ।

बागदेब दुग्ध उत्पादक सहकारी संस्था लि. गाई पालन फार्म र बागमती पशुपन्छी तथा ब्यवसायिक संघ लाई  आफूहरुले धेरै वर्ष पछि बल्ल राहतको अनुभूति गरेको बताए । ब्यवसायीहरुको आत्मबल विकाससँगै किसानलाई  व्यवसायीकरणमा जोड दिनुपर्ने दायित्व प्रदेश २ सरकारले गर्ने समेत बताए  ।

ब्यवसायीहरुलाई दुध दुहुने औजार (मेसिन) हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।