जनकपुरधाम । धनुषा जिल्लाको जनकपुरधाममा रहेको  रा.रा.ब. क्याम्पस जनकपुर ने.वि.संघ इकाई कमिटीको उपसभापति पदमा विद्यार्थी नेता मनिष यादव मनोनीत हुनुभएको छ ।

धनुषाधाम नगरपालिका घर भएका मनिष यादव हाल जनकपुरधाम-०४ मा वसोवास गर्दै आईरहेका छन। विद्यार्थी राजनीतिमा सक्रिय हुनुभन्दा पहिले पनि विभिन्न सामाजिक क्रियाकलापमा आफ्नो उपस्थिति जनाउदै आएका थिए ।

पिडरिया माई पुजा समितिका अध्यक्ष पदमा रही सफल कार्यकाल को अनुभव समेत रहेका मनिष ने.वि. संघ इकाई कमिटिको उपसभापति पदमा मनोनित भए पश्चात बधाई को क्रम रुकनै सकेको छैन । रा. रा. ब. क्याम्पसमा अध्ययन का लागी आएको केहि दिन मैं चर्चामा आएका थिए।

क्याम्पस मा पठन-पाठन को उचित माहौल देखि लिएर विद्यार्थिहरुको हकहित र सहजता का लागी सधै सक्रिय रही कार्य गरेको हुनाले क्याम्पस मा निकै लोकप्रिय बने । क्याम्पस मा सरसफाई देखि लिएर बगैचा को सौन्दर्यकरण गरी आफ्नो सफल योगदान दिदै आएका छन ।

युवा विद्यार्थी नेताको रुपमा सक्रिय रहि क्याम्पस भन्दा बाहिर पनि ने.वि. संघ को राम्रो लोकप्रियता र विश्वाश कायम गर्न सफल रहेका मनिष उपसभापति पदमा मनोनीत भएकोमा खुशी व्यक्त गरेका छन ।

आफु ले पाएको जिम्मेवारी निष्ठा पूर्वक निर्वाह गर्ने छु र विगतमा विद्यार्थीहरुको हकहित का लागी गर्दै आईरहेको कार्य लाई यस उपलब्धि को सहयोगले अझ मजबूत पार्छु आफ्नो प्रतिबद्धता जनाउदै साथ नेविसंघ को मुल्य मान्यता, सिद्धान्त, विचार लाई अनुसरण गर्दै उक्त क्याम्पसमा विद्यार्थीको हकहितमा सदैव कार्य गरिरहने भन्ने विश्वास लिएको छु उनले भने ।