[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

डिभिजन वन कार्यालय सिरहाका प्रमुखले आफनो अनियमीततालाई ढाकछोप गर्नका लागि चुरे अभियानीहरुलाई पक्राउ गर्न लगाई मुद्दा चलाइएको भन्दै चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरधाममा सुरु गरेकोे अनिश्चितकालीन आन्दोलन दोस्रो दिनपनि जारी रहेको छ ।
डिभिजन वन कार्यालय सिरहामा कार्यालय प्रमुखले विरुवा खरिदमा गरेको अनियमतीता र मारुती सिमेन्टले वनको जग्गा कव्जा गर्दा पनि छानवीन गरि वनलाई फिर्ता नगराइएको प्रति गत साउन २ गते लहान स्थित डिभिजन वन कार्यालयमा ज्ञापनपत्र वुझाउन चुरे अभियानीहरु पुगेका थिए ।

सोहि क्रममा दुइजना अभियानीलाई पक्राउ गर्नुका साथै पाच जनामाथि जवरजस्ती झुठा मुद्दा लगाई मुद्दा चलाइएको भन्दै रिहाईका साथै डिभिजन वन कार्यालय सिरहामाथि छानवीनको माग राख्दै अभियानले अनिश्चितकालीन आन्दोलन सुरु गरेको हो ।
अभियानले सुरु गरेको अनिशिचतकालीन आन्दोलनको पहिलो चरण अन्तरगत दस दिन सम्म धर्ना प्रर्दशन गर्ने भएको छ । अभियानले सोमवार धनुषा अध्यक्ष अमन यादवको अगुवाईमा जनकपुरधामको स्टेशन चौकबाट निश्केको जुलुस भानु चौक हुदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको गेट अगाडी पुगेपछि धर्नामा परिणत गरेका थिए ।

कोणसभामा बोल्दै अभियानीहरु अनियमीतताको छानवीनको माग गरेपछि आफना अभियानीहरुलाई धरपकड गर्नुका साथै झुठा मुद्दा लगाई अभियानले थालेको मुद्दाबाट भटकाउने प्रयास स्वरुप यस्तो गरेको वताउदै सरकारले झुठा मुद्दा फिर्ती र अभियानीलाई रिहाईका साथै डिभिजन वन कार्यालय सिरहामािथ छानवीन समिति गठन नगरे सम्म आन्दोलन समाप्त नहुने वताए ।

चुरे तथा वनजंगल संरक्षण अभियानले विभिन्न तीन चरणको आन्दोलनको घोषणा गरेको छ । पहिलो चरण अन्तरगत दस दिन सम्म धर्ना तथा जुलुस,दोस्रोचरण अन्तरगत रिले अनसन र तेस्रो चरणमा आमरण अनसन सम्म गर्ने अभियानका अध्यक्ष सुनिल कुमार यादवले वताए । सरकारले आफनो माग पुरा नगरे सम्म आन्दोलन नरोकिने समेत वताए । धर्ना कार्यक्रममा अभियानका महोत्तरी संयोजक सविता यादवको पनि उपस्थिती रहेको छ ।