मलगंवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न–१२ गम्हरिया निवासी मिर्गौला पीडित बेचन रायको उपचारका लागि सहयोगी हातहरु अगाडी आएको छ ।

यसै क्रममा जिल्लाको लालबन्दी नगरपालिका वडा न–७ मा रहेको वल्र्ड एजुकेसन एण्ड हेल्थ डेभलपमेन्ट प्रालिले पनि पीडित बेचनको उपचारको लागि नगद सहयोग गरेको छ । स ं स् थ ा ल े सोमबार गम्हरियास्थित सार्वजनिक धर्मशालामामा एक कार्यक्रमको आयोजना गरि मृगौला पीडित बेचन रायको बुवा राम दरेश रायलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

गम्हरिया निवासी स्थानीय किसान राम दरेश राय र तेतरी देवीका एकमात्र छोरा २५ वर्षीय बेचनको दुबै मिर्गौला फेल भएर फेर्नुपर्ने अवस्था रहेकोले हाल उनको डायलासिस भइरहेको जनाइएको छ ।

उपचार महँगो भएको र बेचनको घरपरिवारको आर्थिक अवस्था पनि निकै कमजोर भएका कारण उनको उपचारमा भइरहेको समस्यालाई बुझेर सो रकम सहयोग गरेको संस्थाकी श्रद्धा पाण्डेले बताइन् । बुवा रामदरेश र आमा तेतरी देवीको छोरा बेचनको २ वर्ष र ४ वर्षको छोराछोरी छन् ।

दुवै मृगौला बिग्रेर थला पर्नु भन्दा पहिला बेचनको कमाइले नै घरपरिवारको गुजारा चल्दै आएको बेचनका पिता राम दरेशले बताए । कमाउने छोरा नै बिरामी परेपछि आफ्नो एक्लोको कमाइले अहिले एक छाकको भोजन समेत जुटाउन मुस्किल परिरहेको उनले सुनाए ।

सहयोग रकम स्विकार्दै पीडित बेचनका पिता रामदरेशले उपचारका लागि सहयोग गर्ने वल्र्ड एजुकेसन एण्ड हेल्थ डेभलपमेन्ट प्रालि तथा सहयोग उपलब्ध गराउन पहल गरिदिने एकता समाज युवा क्लबलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा सहयोगी संस्थाका देवेन्द्र राय, सरोज साह, एकता समाजका अध्यक्ष राजिव कुमार साह,सचिव राज कुमार साह,,सुजित साह,राजकिशोर पासवान ,सर्व नारायण लगायत स्थानीयबासीहरुको उपस्थिती रहेको थियो ।