काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन्।

मंगलबार बिहान नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल खेलाडी मानिएका पारसले सन्यासको घोषणा गरेका हुन्।

पारसले सामाजिक संजालमा सन्यासको घोषणा गर्दै लेखेका छन् ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरा सपना भने अझै बामे सर्दैछन् ।’
सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले लामो समय कप्तानी पनि सम्हालेका थिए। उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म प्राप्त गरेको थियो।