मधेशटप डेस्क,

सप्तरी  : शम्भुनाथ  नगरपालिका वडा न.४ सखुवा (सप्तरी)  स्थित श्री हियालाल मा. वि. सखुवा कचनदाहा र श्री माध्यमिक विधालय खोक्सर प्रवाहा, सप्तरीमा  साइकल बितरण गरिएको छ । मंगलबार भएको एक समारोह आयोजन गर्दै कक्षा ८ क छात्राहरुलाई प्रदेश-२ सरकारको बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल बितरण गरियो|

कक्षा ८ तह अध्यनरत श्री हियालाल मा. वि. सखुवा कचनदाहा मा २० जना छात्रा साथ साथै  श्री माध्यमिक विधालय खोक्सर प्रवाहा लाई १७ जना छात्राहरुलाई  प्रदेश न. २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि मा. शैलेन्द्र प्रसाद साह ज्यूद्वारा  साइकल बितरण गरिएको छ।

सोहि क्रममा  शम्भुनाथ  नगरपालिका वडा न.४ का वडा अध्यक्ष अरुण कुमार चौधरीले यस अभियानको प्रशंसा गर्दै यसलाई प्रभावकारी बनाउने भने समेत भन्नुभएको छ ।

भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि मा. शैलेन्द्र प्रसाद साह ज्यूले भन्नुभयो ‘प्रदेश सरकार वाट जे सहयोग गर्नु पार्छ त्यसमा म कृषि सहकारी मन्त्रि भएर पनि  शिक्षामा सहयोग गर्नेछु’ साथ् साथै शिक्षामा अझ  वृद्धि गर्नुपर्ने  बताउनु भयो।

उहाले भन्नुभो साइकल बितरण गरि छात्राहरु को पहुचमा शिक्षाको वृद्धि हुने समेत भन्नु भयो।

शम्भुनाथ  नगरपालिका वडा न.४ वाडा अध्यक्ष् चौधरी सहित , प्रधानअध्यापक लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भयों।