सप्तरी : सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका उपाध्यक्ष न्यायिक समितिका संयोजक समेत रहेका सुचिता कुमारी यादवलाई विभिन्न बहना बनाई प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले सूचना दिन आलटाल गर्दै आएकाछन् ।

पटक पटक माैखिक ताकेता गर्दा पनि माग गरिएको सूचनाहरु उपलब्ध नगराएको उपाध्यक्षको आरोपछ । आ.ब.०७७/०७८ मा भएको गाउँ सभाको निर्णय, विभिन्न बिषयगत समितिको निर्णयहरु लगायतको बिषयमा मिति २०७८/४/११ गते लिखित रुपमा सूचना माग गर्नु भएको सन्दर्भमा समयभित्रै सूचना उपलब्ध गराउने सूचना उपलब्ध नगराएको बताउनुभयो ।

सूचना उपलब्ध नगराई मढगन्ते रूपमा विज्ञप्ति निकालेर आफू विरूद्व षड्यन्त्रमा लागेका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झालालाई यति थाह हुनुपर्छ कि वहाँलाई सरकारले काम गर्न पठाएछ हाजिरी गर्न हैन थाह हुनुपर्ने हो ।