• विनोद मण्डल

कैलाली :  शस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।

कैलाली , धनगढी उपमहानगरपालिका वडा नं १ मा रहेको शस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टर कैलालीमा कार्यरत जिल्ला डडेलधुरा भागेश्वर गाउँपालिका वडा नं १ बस्ने ३१ वर्षिय शस्त्र प्रहरी जवान हरिस कुमार शाही सोही कार्यालयको परिसरभित्र उत्तरपट्टिको कम्पाउन्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको थियो ।

घटनाको मुचुल्का तयार पारी शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पातल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको बुझिएको छ ।