झापा । झापामा जारी निषेधाज्ञा पुनः एक साता लम्बिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को शुक्रबार बसेको बैठकले निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

थप गरिएको निषेधाज्ञामा बिहान ६ बजेदेखि ९ बजेसम्म कृषि तथा खाद्यान्न पसल खोल्न दिइने निर्णय भएको प्रशासन कार्यालयले जनाएको छ ।

डीसीसीएमसीले यसअघि १६ गते राती १२ वजेदेखि २३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।