पवन प्रसाद साह 

वीरगञ्ज :  वीरगञ्जमा खशीको मासु भनि बाख्राको मासु बिक्रि गर्ने व्यक्ति  पक्राउ परेका छन।

जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा न. १३ मुर्ली बस्ने अब्दुल अन्सारीले सञ्चालन गरेको माशु पसलमा काम गर्ने ऐ.ऐ.बस्ने वर्ष २८ को रोज अन्सारीले खसीको मासु हो भनी बाख्राको माशु विक्री गरिरहेको सूचना प्राप्त भई यस कार्यालय मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटी गएको टोलीले उक्त पसलको तलासी लिँदा बाख्राको माशुमा खशीको अण्डकोष सिलाई बेचिरहेको फेला परेकोले निज रोज अंसारीलाई सो मासुसहित नियन्त्रणमा लिई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको तथा उक्त पसल सञ्चालक अब्दुल अन्सारीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।