वीरगञ्ज : वीरगञ्ज महानगरपालिका वडा नं.१० स्थित एक घरमा भारतबाट भन्सार छली ल्याइएका बिभिन्न किसिमका लत्ताकपडाहरू भण्डारण गरेको भन्ने तालुक प्रदेश नं.२ प्रहरी कार्यालय, जनकपुरको सूचना संयन्त्र तथा यस कार्यालयसमेतको टोली परिचालन भई मिति २०७८।०४।२२ गते ०९:०० बजे गरिएको प्रहरी कारवाहीको क्रममा उक्त घरका कोठाहरू रीतपूर्वक खानतलासी गर्दा बिभिन्न किसिमका लत्ताकपडाहरु फेला परेको तथा कोठामा बस्ने मानिसहरू फरार रहेको हुँदा सो लत्ताकपडाहरू बरामद गरी रू.४,०६,०००।-( चार लाख छ हजार) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।