पाल्पा । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

तेह्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेबी छहरा गाउँपालिका-८ बस्ने २३ वर्षीय मिन बहादुर सारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई सारुले साउन १९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।