काठमाडौं । तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूमाथि अध्यक्षमाथि मुक्का प्रहार भएको छ ।

आइतबार दिउसो गाउँपालिकाबाट भुक्तानी गर्न बाँकी रहेका रकम निकासी गर्न आग्रह गर्दा लेखापाल सुजन थापाबाट अध्यक्षमाथि मुक्का प्रहार भएको बताइएको छ ।

आठराई गाउँपालिकाका कार्यालयका एक उच्च अधिकारीले नाम नखुलाउने सर्तमा कार्यलयमै हानाहान परेको बताउनु भयो ।

न्यूज२४ सँग उहाँले भन्नुभयो, ‘अध्यक्ष र लेखापाल थापाबीच भनाभन हुँदैगर्दा हात हालाहाल भएको हो ।

भनाभन गर्दै गर्दा लेखापालको नजिकै पुग्नु भएको बेला अध्यक्षमाथि मुक्का प्रहार भयो । तर अर्का कर्मचारीले छेकेकोले उहाँलाई लागेन।’

कोरोना सक्रमण सँगै स्वास्थ्य समस्यामा रहनु भएको अध्यक्ष लिम्बू लामो समयपछि पछिल्लो समय कार्यालयमा एकसाता अघिबाट मात्रै उपस्थित हुनु भएको बुझिएको छ ।

उपस्थित हुँदा गत गत आर्थिक वर्षकै १५८ शिर्षकका योजनाको रकम समेत निकासा नभएको अवस्थामा खाता रोकीएको रहेको बुझिएको छ ।

उक्त शिर्षक योजनाका लागि सम्पूर्ण प्रकृया पुगेपनि लेखा साखामा आएर रोकीएको एक अधिकारीले बताउनु भयो । सोही विषयमा बुझ्दा उहाँहरुबीच हात हालाहाल भएको ती कर्मचारीको भनाइ छ ।

‘सबै प्रकृया पूरा गरेर पनि रकम किन निकासी नगरेको ? भनेर प्रश्न गर्दा मैले के गर्न सक्छु ? भन्दै मुख लागेपछि हात हालाहालको स्थिती आयो’ – अर्का एक कर्मचारीले बताउनु भयो ।

गाउँपालिकाले रकम निकासी नगर्दा कोरोना महामारीमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्य कर्मीहरुलाई दिइने जोखिम भत्ता समेत अझै निकासा हुन नसकेको बताइएको छ ।

खानेपानी आयोजना, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका योजना, सडक निर्माणका योजनाहरुका सबै सबै रकम निकासीका लागि प्रकृया पुग्दा पनि लेखापालले रोकेर राखेको गाउँपालिकाकै कर्मचारीहरुको भनाइ छ ।

सबै योजना तथा भत्ता वापतको रकम निकासीका लागि हुनुपर्ने प्रकृया पूरा हुँदा पनि लेखा शाखाबाटै रकम निकासी नहुने गरेको अन्य कर्मचारीहरुको पनि गुनसो छ ।

अर्का एक कर्मचारीले भने, ‘उहाँ सुजन थापा आएपछि गाउँपालिकाका हामी सबै कर्मचारीले समयमा तलव पाएका छैनौँ।’

उहाँले सबै योजनाका लागि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीयबाट तोक लाग्दा पनि रकम निकासा नगरेको आरोप आरोप लगाउनु भयो ।

उता अध्यक्ष लिम्बूले भने रकम निकासी किन रोकियो ? छरितो गर्नुहोस भन्दा आफूमाथि हातपात गरेको आरोप लगाउनु भयो । आफूमाथि हातपात भएपछि आफूले पनि आवेगमा आएर हात फर्काको बताउनु भयो ।

लेखापाल थापाले दलाली गर्नका लागि यी सबै हर्कतहरु गरेको अध्यक्ष लिम्बूले आरोप लगाउनु भयो ।

जनताको निरासा र असन्तुष्टिलाई हल गर्ने प्रयास गर्दा आफूमाथि नै लखेपाल खनिएको उहाँले गुनसो गर्नुभयो ।

विगतमा पनि आफूलाई रक्सी खाएर आउने भन्दै नीराधार आरोप लगाउने गरेको अध्यक्ष लिम्बूले बताउनु भयो । योजनाको रकम तथा अन्य निकासी दिएवापत रकम लिनका लागि निकासी रोकेर राखिएको अध्यक्षको आरोप छ ।

उता लेखापाल थापालाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन उहाँले कहिल्यौ पनि फोन नउठाउने तथा फोन सँधै अफ गरेर राख्ने गरेको अर्का एक कर्मचारीको भनाइ छ ।