जनकपुरधाम : जनकपुर भन्सार कार्यालयले झन्डै ५ दर्जन सवारीसाधन लिलामी गर्ने भएको छ । चोरी पैठारीको अभियोगमा विभिन्न समयमा जफत गरिएका ४ पाङ्ग्रे तथा २ पाङ्ग्रे समेत गरी उक्त सवारीसाधन मूल्य बढाबढमा लिलामी गर्न लागिएको हो ।

कार्यालयले लिलामीको ५८ वटा सूची सार्वजनिक गरेको छ । त्यसमध्ये २ वटा पत्रु सवारीसाधन छन् । बाँकी ५६ मध्ये १२ वटा चारपाङ्ग्रे सवारीसाधन छन् भने ४४ वटा दुईपाङ्ग्रे सवारीसाधन रहेका छन् ।

त्यसरी लिलाम बिक्रीका लागि राखिएका सवारी साधनहरु २०१६ देखि २०२० सालमा उत्पादन भएका कम्पनीहरु छन् ।

यी सवारी साधनको न्यूनतम मूल्य भने निकै कम राखिएको छ । चारपाङ्ग्रे सवारीसाधनको न्यूनतम मूल्य १ लाख ६ हजारदेखि ७ लाख रुपैयाँसम्म तोकिएको छ । दुईपाङ्ग्रेका लागि २२ हजार रुपैयाँदेखि १ लाख २५ हजार रुपैयाँसम्म न्यूनतम मूल्य कायम गरिएको छ । जनकपुर भन्सार कार्यालयले झन्डै ५ दर्जन सवारीसाधन लिलामी गर्ने भएको छ । चोरी पैठारीको अभियोगमा विभिन्न समयमा जफत गरिएका ४ पाङ्ग्रे तथा २ पाङ्ग्रे समेत गरी उक्त सवारीसाधन मूल्य बढाबढमा लिलामी गर्न लागिएको हो ।

कार्यालयले लिलामीको ५८ वटा सूची सार्वजनिक गरेको छ । त्यसमध्ये २ वटा पत्रु सवारीसाधन छन् । बाँकी ५६ मध्ये १२ वटा चारपाङ्ग्रे सवारीसाधन छन् भने ४४ वटा दुईपाङ्ग्रे सवारीसाधन रहेका छन् ।

त्यसरी लिलाम बिक्रीका लागि राखिएका सवारी साधनहरु २०१६ देखि २०२० सालमा उत्पादन भएका कम्पनीहरु छन् ।

यी सवारी साधनको न्यूनतम मूल्य भने निकै कम राखिएको छ । चारपाङ्ग्रे सवारीसाधनको न्यूनतम मूल्य १ लाख ६ हजारदेखि ७ लाख रुपैयाँसम्म तोकिएको छ । दुईपाङ्ग्रेका लागि २२ हजार रुपैयाँदेखि १ लाख २५ हजार रुपैयाँसम्म न्यूनतम मूल्य कायम गरिएको छ ।

auto-auction-compressed