जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न योजनाहरु संचालन गरिएको छ ।

कृषिमा निर्भर उक्त पालिकाका किसानहरुको लागि विभिन्न कार्यक्रमहरु संचालन गरिएको हो ।

सोही क्रममा शनिबार किसानहरुलाई कटर मेशिन वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष विन्देश्वर यादवले किसानहरुलाई कटर मेशिन वितरण गरेका हुन् ।

कृषि क्षेत्रको विकासको लागि आधृनिक प्रविधिको प्रयोगमा जोड दिदै सो समाग्री वितरण गरिएको हो ।

पालिकाले तरकारी खेती, बाख्र पालन, सिचाई, जैविक मल, बीउविजन, वृक्षारोपन पैकेट क्षेत्र घोषणा गरी कार्यक्रमहरु ल्याएको हो ।

गत आर्थिक वर्षमा पनि ६० जना किसानहरुलाई कृषि उपकरण वितरण गरिएको थियो । किसानहरुलाई बीउविजनको समस्या हुन नदिन पालिकाले समयमै बीउविजन वितरण गर्दै आएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले जनाए ।

व्यवसायीक ब्राखा पालनको लागि आठ वटा कृषि फर्मलाई कम्तीमा एक सय २५ वटा बाख्रा पुर् याउनको लागि ५ वटा बोका र दाना गापा अध्यक्ष यादवले वितरण गरेका छन् ।