काठमाडौं । मोटरसाइकलको ठक्करबाट एकजना प्रहरी निरीक्षक (इनिस्पेक्टर)को मृत्यु भएको छ ।

मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका इनिस्पेक्टर कपिल वाग्लेको मृत्यु भएको हो ।

नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी ८ बजेतिर लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले इनिस्पेक्टर वाग्लेलाई ठक्कर दिएको नवलपरासी प्रहरीले जानकारी दिएको थियो ।

उनको उपचारका क्रममा गएराति ११ बजे मृ’त्यु भएको प्रहरीले जनाएको छ। काठमाडौंको बसुन्धाराका बासिन्दा इन्स्पेक्टर वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए।

उनलाई ठक्कर दिने मोटरसाइकल चालक सुनवल नगरपालिका १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते भएका छन्।

उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।