• पवन प्रसाद साह

बीरगञ्ज : समाजसेबि एवं सिटी सर्जिकलका प्रोप्राइटर दिपक अग्रवालले आफ्नो ४९ औ जन्मदिन बीरगञ्ज स्थित आदर्शनगरको आमाको माया छात्राबास मनाएका थिए ।

समाजसेबि अग्रवालले हरेक बर्ष आफ्नो जन्मदिन सामाजिक कार्य गरि मनाउदै आईरहनु भएको समेत बताए । म व्यापारी भएपनि समाजसेवामा पनि आफ्नो रुचि रहेकोले बिगतका दिन देखि सामाजिक कार्य गर्दै आएको छु र आउने दिनहरु पनि निरन्तर सामाजिक कार्यमा लागी रहने बताउनु भयो ।

यस्तो बिषम परिस्थितिको समयमा पनि मानवीय सेवाको भावना राखी सहयोग गरि पुण्य कमाउने मनकारी आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कार्यहरु गरेको देख्न पाईयोस।

आफ्नो जन्मदिनको उपलक्ष्यमा अग्रवालले आमाको माया छात्राबासमा रहेका भाईहरुलाई आवस्यक सामाग्री कपी २४ पिस,पेन्सिल २० पिस,चाउचाउ १ काटुन, खाजा २५ पिस, माक्स ५०० पिस र सेनिटाईजर सहयोग गर्नु भएको थियो ।

सो कार्यक्रममा करण पटेल,ओम गुप्ता, चितरन्जन श्रीबास्तब , श्रवण रजक समेतको सहभागिता रहेको थियो ।

समाजसेबी अग्रवालले यस अघि कोरोनाको पहिलो अनि दोस्रो लहरमा विभिन्न संघ सस्थाहरुलाई माक्स र सेनिटाइजर बितरण समेत गर्नु भएको थियो ।