सिरहा । गाड़ी दुर्घटनामा एकको मृत्यु भएको छ ।

सिरहाको धनगढीमाई ७ गागन खोलामा स १ त ५९३५ नम्बरको ट्याक्टर पल्टिँदा गोलबजार नगरपालिकाको वडा नं ५ निपानेका ३० वर्षिय अरुण यादबको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

रातिको समयमा बालुवा लिन गएको गाडी अनियन्त्रित भई पल्टिएको थियो ।

चालक अर्जुन मुखिया र गाड़ी मालिक दिनेश यादव फरार भएको प्रहरीले जनाएको छ ।