काठमाडौँ :  नेपालमा आज थप ३४८१ जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार ६५६ जनामा परीक्षण गर्दा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख २३ हजार २९६ जना र एन्टिजेन विधिबाट ७२ हजार ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप १८८५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये हालसम्म ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप ३० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । हाल सम्म १० हजार १८० जनाको मृत्यु भईसकेको छ ।