• उमेश साह

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा स्वास्थकर्मीको लापरबाहीले एक शिशुको ज्यान गएको छ । वडा नम्बर -६ रौतहट स्थित स्वास्थ चौकीद्वारा गराईएको असुरक्षित डेलिभरीका कारण शिशुको ज्यान गएको हो ।

जन्मिएको शिशुमा स्वास्थ समस्या देखिएपछि आमा र बच्चालाई त्यहाँबाट बाहिरको लागि रेफर गरिएको स्वास्थकर्मी बताउँछन् । उता रेफर गर्न ढिलाई भएको कारण शिशुले ज्यान गुमाएको भन्दै स्थानीय आक्रोसित भएका थिए ।

आक्रोशित स्थानीयले स्वास्थ चौकीमा तालाबन्दी गरि विरोध प्रदर्शन गरेका थिए । ब्यथा लागेपछि स्थानीय नजिकैको स्वास्थ चौकीमा जाने हो तर त्यहाँका स्वास्थकर्मीको गैरजिम्मेवारीका कारण शिशु वा आमाको ज्यानै ज्यानै जानु दण्डहीनता भएको रौतहटवासीको भनाइ छ ।