काठमाडौं : भक्तपुरको भक्तपुर नगरपालिका–५ बाट प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

भेलुखेलस्थित सुजित देउलाले सञ्चालन गरेको ‘एनएस स्नुकर पुल हाउस’ मा जुवा खेलिरहेका १० जनालाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

जुवा खालबाट प्रहरीले १ लाख ८९ हजार नगद बरामद गरेको छ ।

पक्राउ पर्नेमा पुल हाउस सञ्चालक देउला, भक्तपुर–७ बस्ने उत्तम देउला, सुनिल देउला, पूर्ण भगत र शंकर पौडेलसहित १० जना छन् ।