दोहा – श्री सल्हेश एकता मन्च नेपालले कतारमा  स्व. ज्योति पासवान प्रति श्रद्धाञ्जली व्यक गरेका छन।

जातकै कारण प्रेममा असफल भएपछि सप्तरी सुरुङ्गा नगरपालिका -७ पोखरियाकी २० वर्षीय ज्योति पासवान गत साउन २३ गते घर नजिकैको एक रुखमा झुन्डिएर आत्मा हत्या गरेकी थिईन।स्थानीय २० वर्षीय ज्योति पासवान गाउँकै युवक कृष्ण मिश्राले घरबाट भगाएर प्रेम विवाह गरेका थिए।पासवान दलित भएकाले केटाको परिवार विवाह गर्न अस्वीकार गरेको र केटा समेत होटेलमै छोडेर गएपछि आत्म हत्या गरेकी थिईन।

दोहा कतारको ग्राण्ड मल्लमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री दुर्गानन्द पासवानको सभापतित्वमा भएको शोक एव श्रद्धाञ्जली सभामा संस्थाका कोषाध्यक्ष घनश्याम पासवान उपाध्यक्ष सल्लाहकार बुद्धिजीवी पत्रकार साथीहरूहरुको उपस्थितिमा युवाको अवाज पीडितको साथ मुल नारा सहित श्रद्धाञ्जली व्यक्त गरेका थिए।