रौतहट । प्रतिबन्धित २ हजार दरका १ लाख ३८ हजार नगदसहितएक जना पक्राउ परेका छन् ।

गौर नगरपालिका–५, मेनचौकबाट प्रतिबन्धित २ हजार दरका ६९ थान भारतीय रुपैयाँसहित भारत विहार दरभंगाका ४० वर्षीय सन्जित साहलाई प्रहरीले पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय नोटसहित पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले विज्ञप्तिमार्फत जनाएको छ ।