मधेशटप,

जनकपुरधाम। जनकपुरबाट लागुऔषध एक क्वीन्टल गाँजासहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं १९ बस्ने वर्ष ३५ वर्षीय वीरबहादुर बलोनलसई छन् ।

बा ५ च १४० नम्बरको पिककप भ्यानमा लुकाइँ ल्याउँदै गरेको गाँजा जनकपर उपमहानगरपालिका वडा नं ४ मुरलीचोकबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

१० पोकामा भ्यानमा लुकाएर राखेको गाँजा चेकजाँचको क्रममा प्रदेश प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ ।