काठमाडौ । अफगानिस्तानको काबुलबाट अमेरिकाले उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर बिहानबाट नेपालीहरुलाई बिहान सवा १५ बजे त्रिभुवन विमानस्थल पुर्याएको हो ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएको थियो । जस मध्ये १ सय २७ जना मंगलबार बिहान नेपाल ल्याइपुर्याएको हो । उद्धार गरिएका नेपालीहरुलाई नेपाली सेनाले क्वारेन्टिनमा पुर्याएका छन् ।

दोहामा रहेका अन्य नेपाली सुरक्षागार्डलाई पनि क्रमश: उद्धार गरेर ल्याउने तयारी भइरहेको एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले बताए ।

अफगानिस्तानमा अझै थुप्रै नेपाली उद्धारको पर्खाइमा रहेको र उनीहरूलाई नेपाल फर्काउन पाकिस्तान सरकारले पनि समन्वय गर्ने भएको छ ।

अफगानिस्तान तालिबानले कब्जा गरेपछि त्यहाँ त्रास उत्पन्न भएको छ । त्यहाँ बस्ने अन्यमूलुकका नागरिक देश छाड्ने क्रम जारी रहेको छ ।