सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

सप्तरीको खडक नगरपालिका वडा न.३ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँको बनरझुलाका मन्जय ठाकुर हजामका २१ बर्षिय छोरा सन्तोष कुमार ठाकुर रहेको प्रहरीले जानकारी दिए ।

घरदेखि झण्डै १५० मिटर टाढा पश्चिम सत्यनारायण चोधरिको पोखरिमा माछा मार्ने क्रममा डुबेर सख्त घाइते ठाकुरको उपचारको लागि युनिक अस्पताल रायपुरमा ल्याउदे गर्दा बिच बाटोमे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।